सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड यही सातामा सम्पन्न हुने सम्भावना रहेको छ।बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार प्रि–अलोटमेन्ट भोलि (बुधबार ) सम्पन्न हुनसक्ने र कुनै समस्या नआए शुक्रबार आईपीओ बाँडफाँड गरिने तयारी रहेको छ।
बैंकले पुस १६ गतेदेखि १४ लाख ३९ हजार १ सय ७९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो। आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४ सय ७ जनाले आवेदन दिएका छन्। सिडिएसका अनुसार, उक्त आईपीओमा मागभन्दा १९.३७ गुणा बढी आवेदन परेको छ। २३ लाख ८३ हजार ४ सय ७ जनाले आवेदकले कुल २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका छन्।




















प्रतिकृया