१७ करोड २३ लाख बराबरको आईपीओ जारी गर्दै सालपा विकास बैंक, धितोपत्र बोर्डमा दियो आवेदन

१७ करोड २३ लाख बराबरको आईपीओ जारी गर्दै सालपा विकास बैंक, धितोपत्र बोर्डमा दियो आवेदन
Advertisement Ads

सालपा विकास बैंक लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेको छ। बैंकले वैशाख २३ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव गर्दै १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आईपीओ अनुमति मागेको हो। यस प्रक्रियाका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि सालपा विकास बैंकले आईपीओ निष्काशन गर्नेछ।

बैंकको केन्द्रीय कार्यालय खोटाङमा अवस्थित छ, र यसको सेवा क्षेत्र समेत खोटाङ जिल्ला नै सीमित रहेको छ।

download 2 1 https://bajarkochirfar.com/salpa-bikas-bank-issuing-an-ipo-worth-rs-172-3-million-has-filed-an-application-with-the-securities-and-exchange-board-of-nepal-sebon | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स