साहस उर्जाको नाफा ११४% प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी २ अर्ब ६४ करोड

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २५ गते
साहस उर्जाको नाफा ११४% प्रतिशतले बढ्यो, विद्युत बिक्री आम्दानी २ अर्ब ६४ करोड

साहस उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, चौथो त्रैमाससम्म कम्पनीले ९० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा ११४.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ८.१९ प्रतिशतले बढेर २ अर्ब ६४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। यसबाहेक, कम्पनीले अन्य स्रोतबाट ४४ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ५६ करोड रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ, कुल चालु सम्पत्ति ९७ करोड ९९ लाख रुपैयाँ र कुल चालु दायित्व १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २३.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स