सगरमाथा लुम्बिनी इन्स्योरेन्सले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
उक्त सभाले १५ प्रतिशत नगद लाभांश दिने बिशेष प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार वैशाख १६ गतेसम्म कायम सेयरधनी मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।
















प्रतिकृया