नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कार्तिक २० गते बिहिबार सागर डिष्टिलरी लिमिटेडको आईपीओ सूचीकृत भएको छ।
कम्पनीको कुल ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले पहिलो कारोबारका लागि सागर डिष्टिलरी लिमिटेडलाई न्यूनतम १०६ रुपैयाँ ५२ पैसा र अधिकतम ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा कार्तिक २३ गते आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल एसएजीएआर (SAGAR) रहेको छ।


















प्रतिकृया