insta insta

हालसालै आइपिओ जारी गरेको सागर डिस्टिलरी १ करोड ५३ लाख रुपैयाँ घाटामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ३० गते
हालसालै आइपिओ जारी गरेको सागर डिस्टिलरी १ करोड ५३ लाख रुपैयाँ घाटामा
Advertisement Ads

हालसालै आइपिओ जारी गरेको सागर डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीले समीक्षा अवधिमा १ करोड ५३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो।

बिक्री आम्दानी १३६.८९ प्रतिशतले बढ्नु र अन्य सञ्चालन आम्दानी आर्जन हुनुले घाटामा केही कमी आउन मद्दत गरेको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमाससम्ममा कम्पनीको बिक्री आम्दानी १३६.८९ प्रतिशतले बढेर ५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो आम्दानी २ करोड ५३ लाख रुपैयाँ मात्र थियो।

 यस्तै, कम्पनीले समीक्षा अवधिमा २७ लाख ७८ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी आर्जन गरेको छ।

कम्पनीको कर्मचारी सुविधा खर्च १ करोड ४९ लाख रुपैयाँ, प्रशासनिक तथा अन्य सञ्चालन खर्च २६ लाख ७६ हजार रुपैयाँ, र बिक्री तथा वितरण खर्च १ करोड ३५ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ८.४४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०३.४७ रुपैयाँ रहेको छ।

SAGAR 1 https://bajarkochirfar.com/sagar-distillery-which-recently-issued-an-ipo-has-incurred-a-loss-of-rs-15-3-million | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स