सागर डिस्टिलरीले बोलायो वार्षिक साधारण सभा, केके छन् प्रस्तावहरु ?

सागर डिस्टिलरीले बोलायो वार्षिक साधारण सभा, केके छन् प्रस्तावहरु ?

सागर डिस्टिलरी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आगामी पुस २७ गते आयोजना गर्ने भएको छ। पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा बिहान साढे ९ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू पनि छलफल गरी पारित गरिनेछ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, दुई जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने र एक जना सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स