साउन २८ गतेदेखि सागर डिष्टिलरीको आईपीओ खुल्दै, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २० गते
साउन २८ गतेदेखि सागर डिष्टिलरीको आईपीओ खुल्दै, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर १४ करोड ५२ लाख रुपैयाँ मूल्यको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये १० प्रतिशत हिस्सा अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि छुट्याइएको हो।

यस विशेष समूहका लागि आईपीओमा आवेदन दिने अन्तिम म्याद भदौ १ गतेसम्म तोकिएको छ। तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा अवधि भदौ ११ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन सि)गल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स