जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठायो

जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठायो

जिल्ला अदालत, रुपन्देहीले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

सोमबार रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा संलग्न रहेका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले दिएको हो।

यसअघि, जोशी काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रु. ५० लाख धरौटीमा रिहा भएका थिए भने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा रु. ८८ लाख धरौटीमा रिहा भएका थिए।

यस्तै, चितवनको साहारा सहकारी ठगी प्रकरणमा समेत जोशीविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स