रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न रुपन्देही अदालतको आदेश



Advertisement
Ads

रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।


Advertisement

आइतबार जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले लामिछानेलाई यो आदेश दिएको हो। माघ ६ गते सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएपछि लामिछाने माघ ९ गते अदालतमा आफैं उपस्थित भएका थिए।


Advertisement

यसअघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो। यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पनि उनी ६० लाख धरौटीमा रिहा भएका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर