बजेट पारित गराउने निर्णयसहित सत्तारूढ दलहरूको बैठक सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
बजेट पारित गराउने निर्णयसहित सत्तारूढ दलहरूको बैठक सम्पन्न

मंगलबार बसेको सत्तापक्षीय दलहरूको बैठकले संघीय संसद्मा प्रस्तुत विनियोजन विधेयक २०८२ पारित गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको सहभागिता रहेको थियो। बैठकले प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले दिने र त्यसपछि बजेटलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकोले सत्तारूढ दलका सांसदहरूले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरिएको हो।

‘टेक एन्ड पे’ व्यवस्थाबारे प्रमुख दलहरू नेकपा एमाले र नेपाली कांग्रेस बीच समझदारी भइसकेकाले बजेट पारित गराउने निर्णयमा सहमति जुटेको हो ।यस अघि सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई फोन गरेर उक्त व्यवस्था हटाउन आग्रह गरेका थिए ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स