लाभांश पारित गर्न आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
लाभांश पारित गर्न आरएसडिसी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
AdvertisementAds

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले मंसिर १२ गते, शुक्रबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देही मा बाह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो, जसको शुरुवात बिहान साढे ९ बजे हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर/एक्विजिशन सम्बन्धि कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरणका लागि लघुवित्तले कात्तिक २५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार, कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स