राप्रपाले मंसिर १३ गते आन्दोलन गर्ने,जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक माहोललाई निकास दिन राजा, युवा पुस्ता र राजनीतिक दलबीच नयाँ सहमति आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सडक आन्दोलन घोषणा गरेको छ।
पार्टीले राजसंस्थासहितको बलियो र स्थायी राजनीतिक संरचना नभएसम्म देशमा देखिएको अस्थिरता अन्त्य नहुने निष्कर्ष निकालेको छ। यही विषयलाई दबाबका रूपमा अघि सार्दै पार्टीले मंसिर २३ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी थालेको छ।
पार्टीले आन्दोलन परिचालनको मुख्य जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई दिँदै उनलाई विशेष आन्दोलन परिचालन समितिको संयोजक तोकेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई संयोजक नियुक्त गरिएको आधिकारिक पत्र हस्तान्तरण गरेका छन्।आन्दोलन परिचालन समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्रीहरू रवीन्द्र प्रताप शाह र धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन्।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया