रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ। प्रभु क्यापिटल लिमिटेडका अनुसार कार्तिक १४ गते हकप्रद बाँडफाँड गरिएको हो।
कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबर ७० करोड रुपैयाँका ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने ७६ हजार ५१७ जनामध्ये ५९ लाख ६१ हजार ७६ कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी १० लाख ३८ हजार ९२४ कित्ता सेयर बिक्री नभएकाले लिलाममा आउने भएका छन्।
नेपाल धितोपत्र बोर्डले साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया