रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएको हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिलामी बाँडफाँडको निर्णय गरेको हो।
क्यापिटलले सार्वजनिक गरेको विवरण अनुसार लिलामीको कटअफ मूल्य ३१८.१० रुपैयाँ कायम भएको छ। यो मूल्यभन्दा माथिको मूल्य कबुल गर्ने सबै आवेदकले पूर्ण रूपमा सेयर प्राप्त गरेका छन्। यही कटअफ मूल्यमा आवेदन दिने आवेदकले भने सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर पाएका छन्।
लिलामीमा नपरेको रकम क्यापिटलले आज मंसिर १५ गतेदेखि आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गर्ने जनाएको छ।
कम्पनीले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म हकप्रदमा अवितरित १० लाख बढी सेयर लिलामीमा बिक्रीका लागि खुला गरेको थियो। कुल १० लाख ३८ हजार ९२४ कित्ता सर्वसाधारण समूहका अवितरित हकप्रद सेयर लिलामीमा राखिएको थियो।
रिभर फल्स पावरले यसअघि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया