रिभर फल्स पावर लिमिटेडले लिलामीमा ल्याएका सेयरका शिलबन्दी बोलपत्रहरू आज सोमबार खोलिने भएका छन्। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले मंसिर ८ गते दिउँसो १ बजेबाट कमलादीस्थित कार्यालयमा बोलपत्र खोलिने जनाएको छ।
कम्पनीले कार्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म हकप्रदमा अवितरित १० लाख ३८ हजार ९२४ कित्ता सेयर लिलामीमा ल्याएको थियो। न्युनतम मूल्य १०० रुपैयाँ निर्धारित गरिएकाले सोभन्दा बढी मूल्य कबुल गर्दै आवेदन दिनुपर्ने व्यवस्था रहेको छ। सबैभन्दा बढी मूल्य कबुल गर्नेले प्राथमिकताका आधारमा सेयर प्राप्त गर्नेछ भने बाँकी रहँदा दोस्रो सबैभन्दा बढी मूल्य कबुल गर्नेको क्रम लाग्नेछ।
यसअघि कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १:१ अनुपातमा ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो, जसअन्तर्गत ७६ हजार ५१७ जना आवेदकलाई ५९ लाख ६१ हजार ०७६ कित्ता मात्रै बाँडफाँड भएको थियो। यिनै बाँकी १० लाख ३८ हजार ९२४ कित्ता सेयर लिलामीमा ल्याइएका हुन्। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति साउन ९ गते दिएको थियो।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया