१०० प्रतिशत हकप्रद जारी गर्न रिभर फल्स पावरले तोक्यो बुकक्लोज मिति

१०० प्रतिशत हकप्रद जारी गर्न रिभर फल्स पावरले तोक्यो बुकक्लोज मिति
Advertisement Ads

रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशनको तयारीसँगै साउन २६ गतेलाई बुकक्लोज मिति तोकेको छ। यस आधारमा, साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।

कम्पनीले हालको चुक्ता पुँजीको १ बराबर १ अनुपातमा, अर्थात् ७० लाख कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो। यसबाट कम्पनीले ७० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने योजना बनाएको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड लाई दिइएको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति साउन ९ गते प्रदान गरेको हो।

download 4 1 https://bajarkochirfar.com/river-falls-power-sets-book-close-date-for-100-percent-rights-issue | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स