हकप्रद सेयरको अधिकार पनि बेच्न मिल्ने, सेबोनले ‘राइट रिनाउन्स’ व्यवस्था ल्याउने

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
हकप्रद सेयरको अधिकार पनि बेच्न मिल्ने, सेबोनले ‘राइट रिनाउन्स’ व्यवस्था ल्याउने
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै हकप्रद अधिकार हस्तान्तरण (Right Renounce) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। यो व्यवस्था लागू भएपछि लगानीकर्ताले आफूलाई प्राप्त भएको हकप्रद सेयर खरिद गर्ने अधिकार अर्को पक्षलाई बिक्री वा हस्तान्तरण गर्न सक्नेछन्।

हालको व्यवस्थाअनुसार हकप्रद सेयर निष्काशन हुँदा सम्बन्धित सेयरधनीले आफैं हकप्रद सेयर खरिद गर्नुपर्ने वा आफ्नो अधिकार प्रयोग नगरी छाड्नुपर्ने अवस्था छ। नयाँ नीतिले यस्तो व्यवस्थामा परिवर्तन गर्दै हकप्रद सेयर खरिद गर्न नचाहने वा नसक्ने लगानीकर्तालाई आफ्नो हकप्रद अधिकार दोस्रो बजारमार्फत अर्को लगानीकर्तालाई बिक्री गर्ने व्यवस्था गर्ने भएको हो।

यसबाट साना लगानीकर्ताले आफ्नो हकप्रद अधिकार खेर जान नदिई बजारबाट त्यसको मौद्रिक लाभ प्राप्त गर्न सक्नेछन्।

यसका साथै आवश्यक कानुनी तथा संरचनात्मक पूर्वाधार तयार गरिनेछ। नीतिअनुसार यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ (CDSC) को प्रणालीमा समेत आवश्यक परिमार्जन गरिनेछ।

बोर्डले हकप्रद अधिकार हस्तान्तरण प्रक्रियालाई सरल र सहज बनाउनेलाई यस नीतिको प्रमुख सफलता सूचकका रूपमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स