नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो।
नेपाल इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ४० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ४२ प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।



प्रतिकृया