नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । बुधबार शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड र रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो।
शिव श्री हाइड्रोपावरको १ करोड ४७ लाख ६४ हजार कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
त्यस्तै, रिभर फल्स पावर लिमिटेडको ७० लाख कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।








You must be logged in to post a comment.