गत वर्षभन्दा सुधारियो राजस्व संकलन, पुस मसान्तसम्म ५ खर्ब ७८ अर्ब नाघ्यो

गत वर्षभन्दा सुधारियो राजस्व संकलन, पुस मसान्तसम्म ५ खर्ब ७८ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म देशको कुल राजस्व सङ्कलन ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो रकम पुससम्मका लागि तय गरिएको लक्ष्यको ८१.४० प्रतिशत हो।राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षका लागि कुल वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ निर्धारण गरिएको छ। यसमध्ये पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो।

पुस महिनामात्रै १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन पुस महिनाको लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँको ८८.६७ प्रतिशत हो। साथै, पुस ३० गते एकै दिन १७ अर्ब ८० करोड रुपैयाँ राजस्व उठेको महाशाखाले जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ तोकिएकोमा पुस मसान्तसम्म जम्मा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो। सोही वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स