देशभर घरजग्गा कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ रुपैयाँबराबर राजस्व संकलन भएको छ ।
गत पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आर्थिक वर्षको सात महिनामा राजस्व संकलनमा झन्डै १४ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँबराबर राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँबराबर राजस्व संकलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो संख्या ४८ हजार एक सय ५६ रुपैयाँ थियो ।
काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख राजस्व संकलन गरेको विवरणमा देखिन्छ ।
यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख रुपैयाँ, कलंकी मालपोतबाट २६ करोड एक लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख रुपैयाँ तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँबराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया