अख्तियारलाई जवाफ दिँदै मेयर साम्पाङले भने, “एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है”

अख्तियारलाई जवाफ दिँदै मेयर साम्पाङले भने, “एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है”

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मौलिक शैलीमा जवाफी पत्र लेखेका छन्। आयोगले श्रमदान अभियानबारे स्पष्टीकरण मागेपछि साम्पाङले शुक्रबार जवाफ दिँदै एनसेल र वाइडबडी प्रकरणतिर ध्यान दिन सुझाव दिएका छन्।

साम्पाङले पत्रमा लेखेका छन्, “एनसेल, वाइडबडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु। तिर्खाएका मानिसहरूको श्राप लाग्ला।” उनले पानीको दैनिक महत्वलाई जोड दिँदै विभिन्न उदाहरणमार्फत पानीको आवश्यकता व्याख्या गरेका छन्।

उनले लेखेका छन्, “बिहान उठ्नेबित्तिकै टोइलेट जानुपर्छ। तर, टोइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहनु पर्दैन होला। भात पकाउन, नुहाउन, हातमुख धुन, जुठो भाँडा र लुगा धुन, चौपायालाई खुवाउन—सबैका लागि पानी अपरिहार्य छ।”

साम्पाङले केन्द्र सरकारले कोशी नदीबाट पानी ल्याउने प्रतिवद्धता पूरा नगरेकोप्रति पनि असन्तुष्टि जनाउँदै धराने जनतालाई पानी उपलब्ध गराउन आफू स्वायत्त रहेको स्पष्ट पारेका छन्।

गत माघ २ गते अख्तियारले श्रमदान अभियानबारे स्पष्टीकरण मागेपछि मेयर साम्पाङले यस्तो जवाफी पत्र पठाएका हुन्।

viber image 2025 01 24 13 51 24 240 https://bajarkochirfar.com/responding-to-the-ciaa-mayor-sampang-said-ncell-should-not-pursue-the-shramdaan-campaign-by-going-towards-widebody | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स