सामाजिक सुरक्षा कोषमा योगदान सुरु गरेको एक वर्षमै विशेष सापटी पाउन सकिने भएको छ। अब नियमित १२ महिनाको योगदान पूरा गरेपछि न्यूनतम १० हजार रूपैयाँदेखि अधिकतम आफ्नै अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म सापटी लिन सकिने कोषले जनाएको छ ।
विशेष सापटीको ब्याजदर ५.२ प्रतिशत तोकिएको छ। यसअघि योगदानकर्ताले यस्तो सापटी लिनका लागि कम्तीमा ३ वर्ष (३६ महिना) नियमित योगदान गर्नुपर्ने प्रावधान थियो।




















प्रतिकृया