insta insta

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नेप्सेमा सूचिकृत हुँदै, ओपनिङ्ग रेञ्ज कति ?

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ नेप्सेमा सूचिकृत हुँदै, ओपनिङ्ग रेञ्ज कति ?
Advertisement Ads

गत पुस १८ गते बाँडफाँड सम्पन्न भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओ  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएको छ।

नेप्सेको सूचीकरण विभागका एक उच्च अधिकृतका अनुसार नेप्सेले कम्पनीलाई आवश्यक कागजपत्र सहित उपस्थित हुन भनिसकेको छ। कम्पनीका प्रतिनिधि आज नेप्सेमा उपस्थित भएमा साँझसम्म सूचीकरण प्रक्रिया पूरा हुने र ढिलोमा सोमबारसम्म सेयर सूचीकृत भइसक्ने जानकारी उनले दिए।

ओपनिङ रेञ्जको अन्योलले ढिला

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओको पहिलो कारोबार सर्वसाधारणले आईपीओ भरेको मूल्यभन्दा कम हुने देखिएपछि ओपनिङ रेञ्ज निर्धारणका विषयमा नेप्से समेत अन्योलमा परेको थियो। साथै, कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो।

हालको व्यवस्थाअनुसार कुनै पनि कम्पनीले आईपीओ निष्कासनका क्रममा विवरणपत्रमा उल्लेख गरेको प्रतिसेयर नेटवर्थको अधिकतम तीन गुणासम्म मूल्यलाई आधार मानेर नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज तोक्ने व्यवस्था छ। यस आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रतिसेयर नेटवर्थका आधारमा पहिलो कारोबारका लागि रु २४२.०५ देखि रु ७२६.१५ सम्मको ओपनिङ रेञ्ज पाउने देखिएको थियो।

तर कम्पनीको हकमा उक्त व्यवस्थाअनुसार अधिकतम तीन गुणासम्म मूल्य निर्धारण गर्दा पनि बुक–बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई प्रतिकित्ता रु. ८२०.८० मा जारी गरिएको मूल्यभन्दा कम पर्ने अवस्था देखिएको थियो। यही कारण ओपनिङ रेञ्ज निर्धारणलाई लिएर अन्योल सिर्जना भएको हो।

नेप्सेले प्रिमियम र बुक–बिल्डिङ प्रक्रियामार्फत आईपिओ जारि गर्ने कम्पनीको हकमा ओपेनिङ्ग रेञ्ज तोक्ने प्रक्रिया परिमार्जन गर्न लागेको बिषय बिभिन्न संचार माध्यममा प्रकाशित भएको थियो। लगानीकर्तालाई अन्याय नहुने गरी कम्पनीको मूल्य रेन्ज तय गर्न नेप्से व्यवस्थापन टिमले सञ्चालक समितिसमक्ष आग्रह गरेको बुझिएको छ। अब  नेप्सेले कुन ओपनिङ्ग रेञ्ज तोकेर रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सुचिकृत गर्छ भन्ने भन्नेबारे सम्बन्धित कर्मचारीले खुलाउन चाहेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
D p joc
D p joc
6 months ago

पैसा नकमाउने उधेस्यले कोहि पनि कम्पनी खोल्दैन । नियम अनुसार ipo आयको हो तर महङो चै हो । आखिर दोश्रो बजारमा 2000-2500 पुग्नु नै छ भने । आई पिओ मात्रा महङो भयो भन्न कत्तिको स्वाभाबिक होला।धन्याबाद्🙏

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स