लाभांश पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि असार २ गते बस्दैछ। सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हालको चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभा मार्फत प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २६ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार जेठ २५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया