राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन जितेर सांसद हुँदैमा कसैमा एकाएक ज्ञान नभरिने बताएका छन्। ललितपुरमा आयोजित पार्टीको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले सांसदको प्रमाणपत्रभन्दा अध्ययन र जनतासँगको सामीप्यता ठूलो भएको बताए।“कार्यक्रमको सेमिनारमा होइन गाउँ टोल बस्तीको चौतारोमा तपाईंहरूलाई देख्न चाहन्छु । सांसदको सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन । त्यसका लागि अध्ययनको आवश्यकता पर्छ ।” उनले भने।
















प्रतिकृया