चितवन अदालतमा रवि लामिछानेको बयान सकियो



Advertisement
Ads

चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान सकिएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीको आरोपमा उनलाई बयानका लागि बोलाइएको थियो।
बिहान पौने १२ बजे सुरु भएको बयान करिब ४ घण्टा चलेर सकिएको हो। आजै थुनछेक बहस सुरु हुने तयारी छ।


Advertisement

रवि लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा चलेको थियो। थुनछेक बहसका लागि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा, नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा र सञ्जय गोलेले वकालतनामा दर्ता गराएका छन्।


Advertisement

सहकारी पीडितहरूको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्। सरकारी पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर