चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान सकिएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीको आरोपमा उनलाई बयानका लागि बोलाइएको थियो।
बिहान पौने १२ बजे सुरु भएको बयान करिब ४ घण्टा चलेर सकिएको हो। आजै थुनछेक बहस सुरु हुने तयारी छ।
रवि लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा चलेको थियो। थुनछेक बहसका लागि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा, नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा र सञ्जय गोलेले वकालतनामा दर्ता गराएका छन्।
सहकारी पीडितहरूको तर्फबाट अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्। सरकारी पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नेछन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया