राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी असार १ गतेदेखि शतप्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
यस प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ५ गतेसम्म कम्पनीको साधारण सेयर खरिद गरेका लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २२ गतेसम्म तोकिएको छ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल र राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ। साथै, मुक्तिनाथ विकास बैंकका विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।
त्यसैगरी, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत समेत आवेदन दिन सकिनेछ।



















प्रतिकृया