राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १:१ अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २५ गते हकप्रद निष्कासनको स्वीकृति दिएको हो।
यसअनुसार कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत बराबर, अर्थात् ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ मूल्यका ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद सेयर सार्वजनिक गर्नेछ।
सेयर बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटललाई दिइएको छ।

प्रतिकृया