ओलीलाई राजेन्द्र लिङ्देनको प्रश्न: के यो सरकार नभए सिद्धबाबाको सुरुङ ब्रेक थ्रु हुँदैनथ्यो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सुनाएका सरकारका उपलब्धीमाथि प्रश्न उठाएका छन् ।शुक्रबारबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न उठाएका हुन्।
के यो सरकार नभए सिद्धबाबाको सुरुङ ब्रेक थ्रु हुँदैनथ्यो ? के बांग्लादेशसँग विद्युत् व्यापार हुँदैनथ्यो,’ उनले भने, ‘कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी यही हो ? यदि हो भने यो मुलुकमा सरकार छैन भने हुन्छ ।’
सरकारले नियमित कुरालाई पनि आफ्नो उपलब्धी भन्ने गरेको उनले उलेख्ख गरे। यो सरकारले ६ महिनासम्ममका पनि केही काम गर्न नसकेको पनि उनले दाबी गरेका छन्।