राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि १५ जेठका लागि तय गरिएको पार्टीको कार्यक्रम भड्काउने प्रयास गरेको आरोप लगाएका छन्।
मंगलबार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले संविधानले दिएको स्वतन्त्रता कुण्ठित गर्न खोजेको टिप्पणी गर्दै भने, “प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन्। गलत भनाइ सच्याउनुपर्ने वा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने खालको अभिव्यक्ति उहाँबाट आएको छ।”
उनका अनुसार राप्रपाले १५ जेठमा रत्नपार्कबाट कार्यक्रम गर्ने तयारी गरिरहँदा, सोही स्थानको नजिकै प्रधानमन्त्रीको दलले कार्यकर्तालाई बोलाएर भिडन्तको वातावरण सिर्जना गर्न खोजेको छ। लिङ्देनले पत्रकारहरूलाई निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रहसमेत गरे।
त्यही दिन, राजावादीहरूले १५ जेठमा ‘राजा फर्काउने’ आह्वानसहित आन्दोलनको घोषणा गरेका छन्। उता, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले काठमाडौंलाई नेकपा एमालेको नियन्त्रणमा ल्याउनुपर्ने भन्दै कार्यकर्तालाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया