नेपाल राष्ट्र बैंकले राजनविक्रम थापालाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) मा बढुवा गरेको छ।
मानव संसाधन विभागले प्रशासन सेवातर्फ रिक्त रहेको पदमा थापाको बढुवा गरेको हो। बढुवापछि थापालाई राष्ट्र बैंक गभर्नर कार्यालयको जिम्मेवारी तोकिएको छ।
यसअघि कार्यकारी निर्देशक रहेका डा. गुणाकर भट्ट सात वर्षे सेवा अवधि पूरा गर्दै अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। सोही पदपूर्तिका क्रममा थापा कार्यकारी निर्देशकमा पदोन्नत भएका हुन्।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया