वर्षाका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध, सवारीसाधन र मालवाहक ढुवानी पूर्ण रूपमा ठप्प
चीनसँग सिधा जोडिने प्रमुख अन्तर्राष्ट्रिय राजमार्ग फेरि अवरुद्ध भएको छ। आइतबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी क्षेत्रमा सडक भासिएपछि तातोपानी नाका हुँदै सञ्चालनमा रहेका Tatopani checkpoint blockedढुवानी पूर्ण रूपमा ठप्प भएका छन्।
शनिबार रातिदेखि परेको लगातार वर्षाका कारण सडकको संरचना कमजोर भई भास्सिएको हो। यस घटनाले दैनिक रूपमा सञ्चालन हुने कन्टेनर यातायात र सीमावर्ती व्यापारिक गतिविधिमा ठूलो प्रभाव पारेको छ।
सडक भासिएपछि तातोपानी नाका भएर हुने सम्पूर्ण आयात–निर्यातसमेत स्थगित भएको छ। भासिएको सडक खण्ड तत्काल पुनः सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहेको स्थानीय प्रशासनले जनाएको छ। आवश्यक उपकरण तथा श्रमिक परिचालन गर्न मौसमले समेत साथ नदिएकाले वैकल्पिक उपाय अवलम्बन गर्न पनि कठिन भइरहेको बताइएको छ।