लाभांश पारित गर्न राधी विद्युत कम्पनी साधारणसभा आज बस्दै

लाभांश पारित गर्न राधी विद्युत कम्पनी साधारणसभा आज बस्दै

राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज पुस १८ गते बस्दैछ। सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर  र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारित गरिनेछ।

साथै, गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम सेयरधनीले  मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स