साढे पाँच महिनापछि रवि लामिछाने पार्टीको नेतृत्वमा फर्कदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १७ गते
साढे पाँच महिनापछि रवि लामिछाने पार्टीको नेतृत्वमा फर्कदै
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने करिब साढे पाँच महिनापछि पार्टी राजनीतिमा फर्किने भएका छन् । सहकारी ठगीको आरोपमा प्रकरणमा लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरिएको थियो।

शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। यसै क्रममा सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा सम्पन्न विशेष बैठकपछि रविलाई पुनः सभापतिको जिम्मेवारी दिने निर्णय भएको छ।

लामिछानेविरुद्ध काठमाडौँ, कास्की, रुपन्देही र चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। पर्सा जिल्लामा भने अनुसन्धान जारी रहेकाले मुद्दा दायर हुन बाँकी छ। अदालतहरूले चारवटै मुद्दामा कुल दुई करोड ७९ लाख धरौटी रकममा उनलाई रिहा गर्ने आदेश दिएका थिए।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स