राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्।
काठमाडौं जिल्ला अदालतले माघ ३ गते ६० लाख धरौटीमा थुनामुक्त गर्ने आदेश दिएपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा पुर्पक्षको माग गर्दै पुनरावेदन गरेका हुन्।
प्रहरी अनुसन्धानअनुसार स्वर्णलक्ष्मी सहकारीमार्फत ५,६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोडभन्दा बढी रकम अपचलन भएको पाइएको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ।
यसअघि, चितवनको सहारा सहकारी मुद्दामा पनि ५४ लाख धरौटी तोकिएको थियो, जसविरुद्ध पुनरावेदन दिन बाँकी छ। लामिछानेले कास्की र रुपन्देही मुद्दामा भने पहिल्यै पुनरावेदन दर्ता गराइसकेका छन्।




















प्रतिकृया