प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सेयर बजारमा पारदर्शिताको अभाव रहेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाइँ माथि गम्भीर प्रश्न उठाएका छन्।
बैठकमा बोल्दै महतले नेपालको पुँजी बजार अझै पनि एकल स्टक एक्सचेञ्जमा निर्भर रहेको र पारदर्शिताको सवालमा खासै सुधार नभएको उल्लेख गरे। “इन्साइडर ट्रेडिङकाे कुरा पनि आएकाे थियाे। कारोबारलाई पारदर्शी बनाउने सम्बन्धमा तपाइँको नेतृत्वले के गरिरहेकाे छ?” उनले चापागाइँलाई प्रश्न गरे।
नेप्से सीईओका रूपमा चापागाइँ तीन महिनाअघि नियुक्त भएका हुन्।तर, तीन महिनाको अवधिमा उनले सुधार वा कामको प्रस्तुति गर्न नसकेको भन्दै महतले आलोचना गरेका हुन्।







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया