लुम्बिनी प्रदेशको स्थापना दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मुल समारोहको आयोजना गरेका छन्। यस अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार बुधबार सार्वजनिक विदा दिइएको हो।
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभकामना सन्देश दिँदै लुम्बिनी प्रदेशबाट संघीयताको सवलिकरण र सफल अभ्यास सम्भव भएको सन्देश देशभर फैलिएको बताए। उनले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गरे।
मुख्यमन्त्री आचार्यका अनुसार, प्रदेश सरकार गठन भएयता संविधानले प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत संरचना निर्माण गरिएको छ। यी कानुनी तथा नीतिगत संरचनाले प्रदेश सरकारको कार्यान्वयन क्षमता बलियो बनाएको उनले जानकारी दिए।
उनले थपे कि संघीयताको औचित्य व्यवहारमा देखिने गरी प्रदेश सरकारले नीतिगत सुधार, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र कृषि लगायत सामाजिक तथा आर्थिक क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया