प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सेयर निष्काशनका लागि २२ लाख ५० हजार कित्ता सेयर प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले हस्ताक्षर गरेका छन्।
निर्जीवन लघुबीमा कम्पनीको रूपमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २०८० साल जेठ ८ गते व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरेको हो। यसपछि २०८० असार ३१ गतेदेखि लघु निर्जीवन बीमालेख जारी गर्दै आएको छ।
बीमाको पहुँच बाहिर रहेका समुदायलाई सेवा पुर्याउने उद्देश्यले स्थापना भएको यो कम्पनी न्यून आय भएका सीमान्तकृत वर्गलाई बीमा सेवा उपलब्ध गराउँदै आएको छ। यसमार्फत ग्राहकहरूले आर्थिक जोखिम व्यवस्थापन गर्न र अप्रत्याशित घटनाविरुद्ध सुरक्षा पाउन सहयोग प्राप्त गरेका छन्।
कम्पनीले आफ्नो लक्षित वर्गको आवश्यकता र आकांक्षाअनुसार विभिन्न लघुबीमालेखमार्फत पहुँच योग्य निर्जीवन बीमा विकल्पहरू प्रदान गर्दै आएको छ। हालसम्म सातै प्रदेशमा फैलिएका ३३ वटा कार्यालयमार्फत सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया