insta insta

दोस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा १६ प्रतिशतले बढ्यो, कमाए २ अर्ब ५८ करोड

दोस्रो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा १६ प्रतिशतले बढ्यो, कमाए २ अर्ब ५८ करोड
Advertisement Ads

राष्ट्रिय स्तरका ८ विकास बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले २ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका थिए।

यस अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंक गरिमा विकास बैंक बनेको छ। गरिमा बैंकको नाफा ७.१६ प्रतिशतले बढ्दा ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। दोस्रोम मुक्तिनाथ विकास बैंकले ५० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस्तै शाइन रेसुङ्गा बैंकले ३३ करोड ९ लाख रुपैयाँ कमाएको छ।

उच्च दरमा नाफा वृद्धि गर्ने बैंकहरूमध्ये ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेका छन्। ज्योति बैंकले आफ्नो नाफा १४७ प्रतिशतले वृद्धि गर्दै २५ करोड १ लाख रुपैयाँ पुर्‍याएको छ भने सांग्रिला बैंकले ९६ प्रतिशतले बढ्दा १९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस्तै कामना सेवा विकास बैंकले ३२ करोड रुपैयाँ र महालक्ष्मी विकास बैंकले २८ करोड रुपैयाँ नाफा कमाएका छन्।

लुम्बिनी विकास बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ। बैंकको नाफा ३० प्रतिशतले घट्दा १४ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।

 

bank dev https://bajarkochirfar.com/profits-of-national-level-development-banks-increased-by-16-percent-in-the-second-quarter-earning-rs-2-58-billion | %tags

यो पनि पढ्नुहोस् 

गरिमा विकास बैंक बन्यो सबैभन्दा बढी नाफा कमाउने विकास बैंक, अन्य सूचक कस्ता ?
https://bajarkochirfar.com/garima-bikas-bank-has-become-the-most-profitable-development-bank-what-are-the-other-indicators

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स