प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायमा व्यावहारिक दृष्टिकोणले अघि बढ्न सुझाव दिएका छन्। बुधबार आइडिया स्टुडियोद्वारा आयोजित ‘आइडिएरसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै उनले स्टार्टअप क्षेत्रमा धेरैले योजना र अध्ययनको अभावमा असफलता भोग्नुपर्ने बताए।
“धेरैजसो स्टार्टअपहरू असफल हुन्छन्, किनभने राम्रो अध्ययन र योजना बनाइँदैन,” प्रधानमन्त्री ओलीले भने, “बरु राम्रो दूध दिने गाई पाल्नुस्, दिनमा ५०–६० लिटर दूध आउँछ। दुई–ढाई लाखमा बाच्छी किन्न सकिन्छ। छाप्रो बनाएर थोरै खर्चमा व्यवसाय सुरु गर्न सकिन्छ।”
प्रधानमन्त्रीले गाईपालन व्यवसायका लागि ऋण लिन पनि सजिलो हुने उल्लेख गर्दै त्यसमा मिहिनेत र निरन्तरता चाहिनेमा जोड दिए। “रिस्क कम हुन्छ। तर, मिहिनेत र निरन्तरता भने दिनुपर्ने हुन्छ,” उनले भने।












![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया