प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहको दोस्रो चरणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्षको नतिजा असन्तोषजनक रहेको बताए। उनले भने, “गत वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुनु शिक्षा क्षेत्रको लागि नाजुक अवस्था हो। सरकार यस अवस्थालाई सुधार गर्न क्रियाशील छ, र यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने अनुमान गरिएको छ।”
प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको समग्र सुधारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, उनले शिक्षा र स्वास्थ्यलाई देश विकासको आधार स्तम्भका रूपमा चित्रण गर्दै भने, “शिक्षित र स्वस्थ नागरिक नै देशको सम्पत्ति हुन्, र यी क्षेत्रको विकासमा सरकार गम्भीर छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया