प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले भने कि अस्थिरताको जतिसुकै प्रयास भए पनि सरकार यही संसदीय समीकरणमा काम गर्दै जानेछ।
प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले ‘बलियो संसदीय गणितमा उभिएको सरकार आजै वा भोलि ढल्ने’ भन्ने हल्ला फैलाइरहेको आरोप लगाउँदै, यस्तो अस्थिरताको पक्षपोषण किन भइरहेको हो भनी प्रश्न समेत उठाए। उनका अनुसार, यो देशको हित वा राजनीतिक र नीतिगत स्थिरताका लागि कतै पनि लाभदायक होइन।
उनले जोड दिँदै भने कि मुलुकमा राजनीतिक स्थिरता कायम राख्न र बिग्रिएको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन संसद्का दुई प्रमुख दलहरू मिलेर र अन्य दलहरूको सहयोगमा सरकार गठन भएको हो।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया