प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३१ गते
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

सामान्यतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठक यो पटक सार्वजनिक बिदा परेकाले स्थगित भएको थियो। त्यसैले आजको बैठक विशेष रूपमा आयोजना गरिएको हो।

बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ। हाल समिताका सदस्य विश्व पौडेलले राजीनामा दिएका कारण सो पद रिक्त छ। उनको राजीनामासँगै गभर्नर पदका लागि पौडेलकै नाम प्रमुख दाबेदारका रूपमा चर्चा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स