प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता छन् छलफल हुने विषयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २३ गते
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता छन् छलफल हुने विषयहरु
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकमा सरकारका नियमित काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ।

त्यसअघि, प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो सम्बोधनमा उनले हालै सम्पन्न स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिनेछन्।

प्रधानमन्त्री ओली ६ दिने स्पेन भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका थिए। उनी विकासका लागि वित्तसम्बन्धी सो सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन प्रस्थान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स