प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। आजै (शुक्रबार) नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ। शर्मा दिउँसो २:३० बजे शपथ लिन हुने स्रोतले जानकारी दिएको छ। यस विस्तारसँगै मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ। रक्षा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भने अझै प्रधानमन्त्री कार्कीसंगै रहनेछ।
नयाँ मन्त्रिपरिषद् सूची (१५ सदस्यीय):
सुशीला कार्की – प्रधानमन्त्री (रक्षा र खानेपानी मन्त्रालय समेटेर)
रामेश्वर खनाल – अर्थ; संघीय मामिला तथा सामान्य प्रशासन
कुलमान घिसिङ – ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
ओमप्रकाश अर्याल – गृह
अनिलकुमार सिन्हा – उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
महावीर पुन – शिक्षा, विज्ञान तथा प्रविधि
मदन परियार – कृषि तथा पशुपन्छी विकास
जगदीश खरेल – सञ्चार तथा सूचना प्रविधि
सुधा गौतम – स्वास्थ्य तथा जनसंख्या
बब्लु गुप्ता – युवा तथा खेलकुद
कुमार इङ्नाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
माधव चौलागाईं – वन तथा वातावरण
श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
बालानन्द शर्मा – परराष्ट्र (शपथ लिन बाकि)















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया