instainsta

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटे, कुरा के भयो ?

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटे, कुरा के भयो ?
AdvertisementAds

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा भेटको एक तस्बिर पोस्ट गर्दै लिङ्देनले यसबारे जानकारी दिएका हुन्। उनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका छन्। उनले सो भेट लामो समयपछि शुक्रबार बिहान गरेका हुन्।

लिङ्देनले भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भएको पनि उल्लेख गरेका छन्।

पछिल्लो विकसित राजनीतिक गतिविधिका कारण लिङ्देन र प्रधानमन्त्री ओलीबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स