राष्ट्रपतिले गरे अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३० गते
राष्ट्रपतिले गरे अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिँदै राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको बताइन्।

उनका अनुसार, प्रमाणीकरण गरिएका विधेयकहरूमा आर्थिक वर्ष २०८२/८३ को सेवा तथा कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धी विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र राष्ट्र ऋण उठाउने अधिकारसम्बन्धी विधेयक रहेका छन्।

यी विधेयक प्रमाणीकरणसँगै नयाँ बजेटको कार्यान्वयन प्रक्रियासमेत सुरु भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स