प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले प्रतिपक्षीमाथि उठाएका प्रश्नको जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले चालु हिउँदे अधिवेशनको पहिलो बैठकमा माघ १८ मा सरकार ढलोस् भनेर कामना गर्नेले धेरै कामना नगर्दा हुने बताएका थिए । उनले ‘म त ढलेँ ढलेँ’ गीत स्मरण गर्दै त्यस्तै ‘सधैँ ढल्यो ढल्यो’ भन्ने अत्मरतिमा नरमाउन आग्रह गरेका थिए ।
“प्रधानमन्त्रीजीले यही सदनमा ढलेँ ढलेँ गीत गाउनुभयो । तर, सरकार ढल्दैन भने हरेक दिन यो सरकार कहिलेसम्म चल्छ र त्यसपछि शेरबहादुरजीलाई दिन्छु किन भन्नुपर्यो?,” प्रश्न गर्दै प्रचण्डले भने, “मैले यो गठबन्धन प्राकृतिक छैन भनेको छु । मैले सरकार ढाल्छु भनेको त छैन नि, यो सरकार ढल्छ भनेको हुँ ।”
उनले देउवाका आँखा र कान तगडा रहेको भन्दै आफ्नो डरको ढाल देउवालाई नबनाउन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे । “शेरबहादुरजीका कान र आँखा तगडा छन्, धेरैपटक भनिरहनुपर्दैन,” प्रचण्डले भने, “उहाँ राम्रोसँग सुन्न र बुझ्न सक्नुहुन्छ ।”














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)
प्रतिकृया